arrow

एमाले सांसद रायमाझी पक्राउको जानकारी संसदलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १ सोमबार
top-bahadur-rayamajhi-arrested-2080.jpg

काठमाडौं । सभामुख देवराज घिमिरेले एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ गरेको जानकारी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा उनले सो जानकारी दिएका हुन् । 

यसअघि नेपाल प्रहरीले उक्त जानकारी संघीय संसद सचिवालयलाई दिएको थियो । आइतबार बूढानीलकण्ठस्थित आफन्तको निवासबाट पक्राउ परी सोह्खुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो । 

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ मा सांसद पक्राउ परेमा संसद्लाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

अब रायमाझी निलम्बन हुने नहुने भन्ने कुरा अदालतमा भर पर्छ । 

उनलाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाए सांसद पद निलम्बन हुनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएको ११ दिनमा मात्र उनी पक्राउ परेका हुन् । पुर्जी जारी भएपछि रायमाझी फरार थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ