arrow

पूर्वाधार विकास समिति बैठकमा प्रदीप पौडेलका १७ प्रस्ताव  

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
purbadhar-samiti-pradip-poudel.jpg

काठमाडौं । पाँच महिनापछि पहिलो पटक आजदेखि संसदीय समितिका बैठकहरु सक्रिय भएका छन् । सो क्रममा पूर्वाधार विकास समितिको पहिलो बैठक बसेको छ । 

सो बैठकमा सांसद प्रदीप पौडेलले मन्त्रालयले बनाउने नीति निर्माण तथा कार्यक्रमका १७ बुँदे प्रस्ताव गरेका छन् ।  

१, सरकारले आगामी नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार प्राधिकरणको व्यवस्था गर्नुपर्ने ।

२, उपत्यका विकासका लागि अधिकार सम्पन्न उपत्यका पूर्वाधार विकास प्राधिकरणको व्यवस्था गर्नुपर्ने ।

३, योजना निर्माण र कार्यान्वयन गर्दा संघिय मन्त्रालयहरूबीचमा अनिवार्य समन्वय हुनुपर्ने ।

४, काम कारबाही र नीति निर्माणका सवालमा संघ, प्रदेश र स्थानीय तहका बीचमा डुब्लीकेशन हुने वा रहने अवस्थाको अन्त्य गरिनुपर्ने ।

५, योजना कार्यान्वयनका सवालमा समयमा काम सम्पन्न नगर्ने, लागत बढाउने, अलपत्र वा भद्रगोल अवस्थामा राख्नेलाई कडा कारबाहीका लागि कानूनी व्यवस्था गरिनुपर्ने ।

६, पूर्वाधार विकासमा सुशासन कायम गर्न नीतिगत र कानूनी व्यवस्था गरी संसदमा विधयेक निर्माण गर्नुपर्ने साथै यहाँ भित्रको भ्रष्टाचार अन्त्य गर्नका लागि हस्तक्षेप गर्नुपर्ने ।  

७, मन्त्रालयहरूले दीगो कार्यविधि बनाएर परिणाममुखी काम गर्नुपर्ने ।

८, जुनसुकै योजना निर्माण गर्दा विकासको दीगो मोडल र प्राथमिकता तय गर्नुपर्ने । 

९, समुदाय र नागरिकलाई असर पुग्ने वा सास्ती हुने गरी पूर्वाधार विकास गर्ने स्थितिको अन्त्य गर्नुपर्ने । 

१०, काठमाडौँ उपत्यकामा खानेपानी र विद्युत प्राधिकरणले भत्काएका सडकहरू असार अगाडि सम्पन्न गर्न सरकारले तत्काल निर्देशन गर्नुपर्ने । 

११, काठमाडौँमा ढल व्यवस्थापनका लागि विशेष योजना बनाउने ।

१२, मेलम्ची खानेपानी आयोजना अन्तर्गत रहेको खानेपानी वितरणलाई १२ महिना आउने गरी व्यवस्था गर्नुपर्ने साथै खानेपानीको पाइपलाइन र सञ्जाल तत्काल उपत्यकाभर विस्तार गर्ने ।

१३, सडक बीचमा रहेका बिजुलीका पोलहरु तत्काल हटाउने साथै नाङ्गा तारलाई प्रतिस्थापन गर्दै सबैतिरका बिजुली तारलाई भूमिगत गर्ने व्यवस्था छिटो कार्यान्वयन गर्ने ।

१४, उपत्यकामा रहेका खानेपानीका स्रोतहरू संरक्षण गर्ने र समान उपयोग गर्नका लागि उचित नीति ल्याइनुपर्ने । 

१५, पूँजीगत खर्च शतप्रतिशत हुने गरी नीति अख्तियार गर्नुपर्ने ।  

१६, असारे विकासको पुरानो परम्परालाई अन्त्य गर्ने गरी कार्ययोजना बनाउनुपर्ने । 

र, १७, रिङ रोड विस्तारलाई अभिलम्ब कार्यान्वयन गर्ने साथै सड़क र यातायात क्षेत्रको गुणस्तर वृद्धि र सुशासनलाई सुनिश्चित गर्ने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ