arrow

सर्वोच्चले रोक्यो अयोग्य लडाकुलाई दिन ठिक्क पारिएको रकम वितरण कार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
supreme-court-long.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २–२ लाख रुपैयाँ बाँड्ने सरकारको निर्णयमा रोक लगाएको छ ।

सरकारको सो निर्णय तत्काल लागू गर्न रोक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।  

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश दिएको हो । सरकारलाई न्यायाधीश रेग्मीको इजलासले कारण देखाऊ आदेश पनि जारी गरेको छ भने जेठ ८ गते अन्तरिम आदेशका सम्बन्धमा सुनुवाइ गर्नका लागि रिट निवेदक र सरकारी पक्षलाई सुनुवाइमा बोलाएको छ ।

सरकारको सो निर्णयविरुद्ध अधिबक्ता ज्ञानेन्द्रराज आरणनले रिट दायर गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ