arrow

रेशमलाई जन्मकैद भएको घटनामा सीताराम र गंगारामले पाए सफाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
supreme-court-long.jpg

काठमाडौं । टीकापुर घटनामा प्रतिवादी बनाइएका सीताराम चौधरी र गंगाराम चौधरीलाई सर्वोच्च अदालतले पूर्ण सफाइ दिएको छ । कर्तव्य ज्यान मुद्दामा जन्मकैद र ज्यान मार्ने उद्योगमा पाँच वर्ष थप कैद सुनाइएका उनीहरूलाई सर्वोच्चले सफाइ दिएको हो ।

मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले पूर्ण सुनुवाइ गर्दै उनीहरूलाई सफाइ दिने निर्णय गरेको छ । सर्वोच्चले संक्षिप्त आदेश जारी गर्दै उनीहरूलाई तत्काल रिहा गर्न सम्बन्धित कारागार शाखा र कैलाली जिल्ला अदालतलाई लेखेर पठाउन आदेश जारी गरेको छ ।

तर सर्वोच्चले टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई उच्च अदालत दिपायलकै फैसला सदर गर्दै दोषी ठहर गरेको छ ।

जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनमाथि सुनुवाइपछि सफाइ दिन नपर्ने फैसला उल्लेख गर्दै उक्त आदेश गरेको हो ।

अर्का प्रतिवादी लक्ष्मण थारूलाई उच्च दिपायलले ठहर गरेको पाँच वर्ष कैद सजायलाई घटाएर तीन वर्ष सजाय ठहर गरेको जिल्ला अदालत कैलालीकै फैसला सदर गरेको छ ।

नागरिक उन्मुक्ति पार्टी सञ्चालन गर्दै चौधरीसहितका टीकापुर घटनामा संलग्नलाई माफी दिनुपर्ने मागका कारण सरकारले नयाँ विधेयक संसद्मा दर्ता गराएको थियो । उक्त विधेयक संसद्बाट पास हुनुअघि नै अदालतले दोषी ठहर हुने फैसला गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ