arrow

अस्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो 

सहायक विदेश मन्त्रीसँग प्रधानमन्त्रीको भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
austrilla-nepal.JPG

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निम्तो दिएका छन् । 

सहायक विदेशमन्त्री टिम वाट्समार्फत प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री अल्बानीजलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका सहायक विदेशमन्त्री वाट्ससँग भेटवार्ता गर्दै प्रचण्डले नेपालको विकास र समृद्धिमा अस्ट्रेलिया सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए ।

प्रधानमन्त्रीले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याका बारेमा चासो व्यक्त समेत गरे । मन्त्री वाट्सले अस्ट्रेलियामा नेपालीले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरे । 

भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका बारेमा छलफल भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ