arrow

एकैदिन एघार सय रुपैयाँले घट्यो सुनको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
gold-silver-final.jpg

काठमाडौं । सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा १ हजार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार तोलाको एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको  तेजाबी सुन बुधबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ