arrow

च्याम्पियन्स लिगः इन्टर फाइनलमा, उपाधि भिडन्त म्यानसिटी कि रियाल मड्रिडसँग ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
inter-milan-2023.jpg

काठमाडौं । इटालियन क्लब इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति अर्को इटालियन क्लब एसी मिलानलाई १–० ले हराउँदै समग्रमा ३–० को जितसहित इन्टर फाइनल पुगेको हो ।

पहिलो लेगमा इन्टरले २–० को जित निकालेको थियो । दोस्रो लेगमा इन्टरलाई जित दिलाउन लाउटरो मार्टिनेजले निर्णायक गोल गरे ।

इन्टर १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो। यस अघि इन्टरले सन् २०१० मा च्याम्पियन्स लिगको फाइनल खेलेको थियो ।

दोस्रो सेमिफाइनल
अब इन्टरले उपाधिका लागि इङ्गलिश लिग लिडर म्यानचेस्टर सिटी र स्पेनिश क्लब रियाल मड्रिडबीचको विजेतासँग खेल्नेछ ।

म्यानसिटी र रियालले पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका छन् । दोस्रो लेगको खेल आज राति हुँदैछ । 

च्याम्पियन्स लिगको फाइनल जुन १० तारिखको राति हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ