राष्ट्रिय वाणिज्य बैंकले नेपाली क्रिकेट टोलीलाई जनही एक लाख दिने
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३ बुधबार
1.4k
Shares
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एसिया कपमा छानिन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सामाजिक सञ्जालमार्फत वाणिज्य बैंकले नेपाली टिमका खेलाडीलाई जनही एक लाख र टिमका अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँ दिने जनाएको हो ।
वाणिज्य बैंकले नेपाली टिम एसिया कपमा छनोट भएका कारण नगद पुरस्कारसहित सम्मान गर्ने भएको हो । वाणिज्य बैंकले आगामी दिनमा पनि क्यानसँगको सहकार्यलाई अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
नेपालले आगामी सेप्टेम्बरमा पहिलो पटक एसिया कप खेल्दैछ । नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन् ।
नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान सुरक्षित गरेको हो ।