arrow

ह्यारी र मेगन पापाराजीको शिकार : जोगिए सडक दुर्घटनाबाट

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
harry-meghan1.jpg

काठमाडौं । अमेरिकामा रहेका बेलायती पूर्व राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कल फोटोग्राफर ‘पापाराजी’को शिकार भएका छन् । ह्यारी र मेगनको कारलाई न्यूयोर्कमा फोटोग्राफर ‘पापाराजी’ ले दुई घण्टाभन्दा बढी समयसम्म पछ्याएका छन् । 

 कारलाई करिब दुई घण्टासम्म पापाराजी खतरनाक ढङ्गले खेदेका थिए । पापाराजीबाट बच्न कार हुइँकाएका उनीहरू सडक दुर्घटनाबाट बारबार बचेका छन् । उनको कारले पैदल यात्रु र अन्य कारहरूलाई ठक्कर दिनबाट जोगिएको छ । 

यस कुराको शाही दम्पतीका प्रवक्ताले बुधबार एक विज्ञप्ति उल्लेख गरेका छन् । घटना मंगलबारको हो ।  

न्यूयोर्कमा ड्यूक र डचेस अफ ससेक्सको लागि अवार्ड समारोहमा भाग लिएपछि दम्पती विमेन अफ भिजन अवार्डको लागि शहरमा थिए। मेगनकी आमा डोरिया राग्ल्यान्ड पनि उनीसँगै थिइन् ।

सन् १९९७ मा तत्कालीन प्रिन्सेस अफ वेल्स डायनाको कार दुर्घटनामा मृत्यु भएको थियो । पापाराजी पेरिसमा आफ्नो कार पछ्याउँदै थिए। सो समयदेखि मिडिया र शाही परिवारबिचको सम्बन्ध सुमधुर छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ