arrow

नेपाटपको ढल निकास प्रयोजनको लागि डीडब्ल्यूसी पाइप उत्पादन शुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
nepatop-cwc.jpg

काठमाडौँ । विभिन्न निर्माण सामग्री उत्पादन तथा बिक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनको लागि प्रयोग हुने डबल वाल कोरोगेटेड (डीडब्ल्यूसी) पाइपको उत्पादन शुरु गरेको छ । 

भारत, चीन लगायका विश्वका विभिन्न देशहरुमा केही दशक अगाडिबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाइजेशन अन्तगतको मनमैजु इण्डष्ट्रिज प्राली, पिपलटार, नुवाकोटले अत्याधुनिक प्रविधि सहितको मेशिनरी आयात गरी नेपालमा नै डीडब्ल्यूसी पाइप उत्पादन शुरु गरेको हो । 

विगत दुई दशकभन्दा लामो अवधिदेखि भारत, चीन एवं विश्वका विभिन्न मुलुकहरुमा उत्पादन भएर प्रचलित भएको कोरोगेटेड डिजाइनमा कम्पनीले उत्पादन शुरु गरेको जनाएको छ ।

कम्पनीले हाल प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड र डिजाइनको परिधिभित्र रही १०० मिलिमिटरदेखि १२०० मिलिमिटर गोलाइका पाइप उत्पादन गरिरहेको छ । 

नेपाल गुणस्तर तथा नापतौल विभागले केही समय अगाडि पारित गरेको डीडब्ल्यूसी पाइपको मापदण्ड नेपाल गुणस्तर नम्बर ५९५ चिन्ह प्राप्तिको प्रक्रियामा रहेकोसमेत नेपाटपले जानकारी दिएको छ । 

विगतमा छिमेकी मुलुक भारत एवं चीनबाट आयात गरी नेपालको विभिन्न परियोजनाहरुमा उक्त डिजाइन एवं प्रविधियुक्त पाइप प्रयोग हुँदै आएकोमा नेपाटपले स्वदेशी श्रम एवं स्वदेशी पूँजी प्रयोग गरी नेपालमा नै उत्पादन शुरु गरेपछि भारत एवं चीनबाट हुने आयात पूर्णतया बन्द हुने साथै स्वदेशमा नै रोजगारी सिर्जना भई अर्थतन्त्रको सबलीकरणमा समेत भूमिका पुग्ने कम्पनीको विश्वास छ ।

विगतमा प्रयोगमा आइरहेको कंक्रिट ढल पाइपको तुलनामा जडान गर्न छिटो र सजिलो, कंक्रिट ढल पाइपको तुलनामा बलियो एवं भरपर्दो, सामान्यतया जडान पश्चात् मर्मत सम्भारको झन्झट नहुने, पाइपको भित्री सतह चिल्लो भएको कारण सहज बहाव हुने एवं बाहिरी बनौट रिङ्ग आकारमा रहने भएकाले अत्यधिक भार बहन क्षमता रहने लगायतका विशेषताहरुको कारण कम्पनीका अन्य उत्पादनहरु जस्तै यो उत्पादन पनि उपभोक्तहरुको पहिलो रोजाइमा पर्ने कम्पनीले विश्वास लिएको छ । 

नेपालको पूर्वाधार विकासको क्षेत्रमा आफ्नो उच्च गुणस्तरीय उत्पादनमार्फत सदैव सेवा दिंदै आइरहेको नेपाटपले यो उत्पादन प्रयोग हुने साना–ठूला ढल निकास आयोजना, ढल प्रशोधन केन्द्र, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजनालगायत अन्य परियोजनाहरुका लागिसमेत डीडब्ल्यूसी पाइप उत्कृष्ट हुने कम्पनीको विश्वास छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ