arrow

चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्झौताको सूचना माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
pokhara-airport-inauguration-krishnachandra-pokharel.jpg
तस्बिर – फाइल ।

काठमाडौं । चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा सूचना माग गरिएको छ । सूचनाको हक सम्बन्धी ऐनको प्रयोग गर्दै विनय यादवले सूचना माग गरेका हुन् । 

उनले सूचनाको लागि संस्कृति, पर्यटन तथा नागरिक उड़यन मन्त्रालयमा निवेदन दिएका हुन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि भएको सम्झौताको प्रतिलिपि उपलब्ध गराइ दिन निवदेन दिएका हुन् ।

त्यसैगरी उनले सम्झौता हुँदाको बखत पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको अनुमानित लागतको विषयमा पनि सूचना माग गरेका छन् । त्यस्तै उनले सम्झौता पश्चात कुन–कुन मितिमा कति कति, कुन–कुन कारण, कुन प्रक्रियाले अनुमानित लागत वृद्धि भएको जानकारीसमेत माग गरेका छन् ।

त्यसैगरी परियोजनामा कुन–कुन स्रोतबाट लगानी भएको हो र परियोजनाको अन्तिम कुल लागतको विषयमा पनि सूचना उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ