arrow

नीति तथा कार्यक्रम

रोजगारीका लागि विदेश जाने युवालाई लगानी गर्न प्रेरित गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
ramchandra-2080-02-05b.jpg

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई निजी तथा सरकारी क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने भएको छ । 

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीमा जाने युवालाई सरकारी तथा निजी क्षेत्रमा लगानीका लागि प्रेरित गरिने जानकारी दिएका हुन् । 

 सरकारले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने नीति ल्याउने भएको हो । 



नयाँ