arrow

‘आईडिया बैंकमा आवेदन दिनुहोस्, उद्यमी बन्नुहोस्’ – बालेन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ६ शनिबार
balen-walendra-sah-.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख वालेन्द्र साह (बालेन) ले आइडिया बैंकमा आवेदन दिनका लागि आह्वान गरेका छन् । 

काठमाडौँ महानगरपालिकाको वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि मेयर बालेनले महानगरवासीलाई आह्वानन गरेका हुन । 

‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौ महानगरपालिकाको वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो,’ उनले भनेका छन ।

‘तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप शुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाइँ विद्यार्थी हुनुहुन्छ,’ भन्दै आइडिया बैंकमा आउन उनले अपील गरेका हुन् । 

‘कसरी त्यसको बिजनेश प्लान बनाउने इम्प्लिमेन्टेसन प्लान बनाउने ,कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ’, उनको अपीलमा भनिएको छ,  ‘विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी ५ वटा क्याटगोरीमा आवेदन माग गरिएको छ, तपाईँलाई उद्यमी बन्न कसैले रोक्न सक्दैन महानगर तपाइको साथमा छ ।’ उनका अनुसार २०८० जेठ १९ गते भित्र निवेदन दिइसक्ने पर्नेछ ।



नयाँ