arrow

यार्सा पाटनमा झडप हुँदा पाँच जना घाइते 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० जेठ ७ आइतबार
yarsa-sankalak-mugu].JPG

मुगु । गाउँपालिकाले तोकेको कर नतिरी यार्सागुम्बा टिप्न पाटन पसेकाहरू सङ्कलकहरूलाई नियन्त्रण गर्न खोज्दा भएको झडपमा पाँच जना घाइते भएका छन् ।

मुगु जिल्ला मुगुम कार्मारोङ्ग गाउँपालिका वडा न १ वाङ्गरीका पाटनहरूमा कर नतिरी लुकिछिपी यार्सागुम्बा टिप्न पुगेका जुम्ला जिल्ला पातारासी गाउँपालिका स्थानीयहरूलाई वडा न १ डोल्फु गाउँका बासिन्दाहरूले नियन्त्रण गर्न खोज्दा भएको झडपमा स्थानीय ५ जना घाइते भएका हुन ।

घाइते हुनेहरूमा मुगुम कार्मारोङ्ग गाउँपालिका वडा न १ डोल्फु गाउँका कार्मा लामा,पेमा आङ्गडाल लामा,छिरिङ मिन्जुक लामा र २ जना अन्य घाइते भएको सशस्त्र प्रहरी नायव उपरीक्षक डम्बर रानाले बताए ।

२ गते राती झडप भए पनि घटना स्थलमा सञ्चारको कुनै विकल्प नभएपछि ३ गते बिहान गाउँलेहरू मोबाइलको नेटवर्कले टिप्ने ठाउँमा पुगेर जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी पुलुलाई खबर गरेका थिए । 

खबर पाउन साथ सुरक्षा टोली घटना स्थल तर्फ हिँडेर ५ गते  घटना स्थलमा पुगी घाइतेलाई सुरक्षित राखी झगडा गर्ने ४ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम तर्फ ल्याइ रहेको प्रहरी नायव उपरीक्षक महेश बस्नेतले बताए ।

घाइते मध्य छिरिङ मिन्जुक लामा २ महिनाकी गर्भवती छिन । 

घाइते तीन मध्य छिरिङ र कार्मा अलि बढी घाइते भएको, तिनै जनालाई उपचारको लागि सदरमुकाम तर्फ ल्याइएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले जानकारी गराए ।
 
मुगुका पाटनहरूमा यार्सा टिप्नका लागि शुक्रवारबाट मुगुम कार्मारोङ्ग गाउँपालिकाले प्रवेश खुला गरेको थियो ।

यस अघि गत वैशाख २२ गते जुम्ला जिल्ला पातारासी गाउँपालिका तल्फी गाउँका १५ जना चोरी बाटो भएर मुगुका पाटनहरूमा जाँदा हिउँ पहिरोमा पनि ३ जना बेपत्ता भएका थिए । बेपत्ताहरू अझै फेला पर्न सकेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ