arrow

खानेले मनोरञ्जन, बेच्नेले पैसा, स्थानीयलाई सास्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
alcohol-bottles-and-glasses.jpeg

म्याग्दी ।  म्याग्दीमा मदिराका सिसाजन्य बोत्तल व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । गाउँ–गाउँ पुर्याइएका सिसाका बोत्तल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन् । 

यसरी फालिएका सिसाका बोत्तल फुटेर दुर्घटना निम्त्याउनुका साथै बस्तीलाई प्रदूषित र कुरुप बनाएको छ । बारीमा सिसाका बोत्तल यत्रतत्र थुप्रिँदा किसानलाई समस्या भइरहेको छ ।

धवलागिरि गाउँपालिका–७ ताकमका दिवाकर सुवेदीले बाढीले बगाएर ल्याएको सिसाका बोत्तल खेतमा थुप्रिएपछि तीन वर्षदेखि खनजोत गर्न नसक्दा खेतीबाली लगाउन नपाएको गुनासो गरे । 

“खोल्सामा थुपारेको बोत्तल बाढीले बगाएर खेतमा ल्याएर थुपार्यो”, उनले भने, “खेतभरि सिसाको टुक्रा भएपछि बाली लगाउनै पाएको छैन, बाँझै राखिएको छ ।”

बस्तीभन्दा माथिल्लो क्षेत्रका हिमाली पदमार्ग र आधार शिविरमा पनि यस्ता सिसाका बोत्तल थुप्रिँदा समस्या बढ्दै गएको छ । यत्रतत्र छरिएका सिसाका बोत्तल र क्यानले आधार शिविर क्षेत्रमा फोहर बढेको छ । 

यसको व्यवस्थापनमा अझैसम्म जिम्मेवार निकायले चासो दिएको देखिँदैन । साथै पदमार्गमा आउने अधिकांश पर्यटकले समेत आफूले ल्याएको सिसाका बोत्तल सुरक्षितरूपमा व्यवस्थापन नगरी जथाभावी फाल्ने गरेका छन् । पर्यटकीय क्षेत्र तथा गाउँघरमा सिसाका बोत्तल व्यवस्थापनमा चुनौती थपिएको छ ।

“मदिरा खानेले स्वाद र मनोरञ्जन लिए, बेच्नेले पैसा कमाए । तर स्थानीयवासीले भने सास्ती भोग्नुपरेको छ”, घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजाले भने, “एउटाले सेवन गरेको, अर्कोले बेचेर पैसा कमाएको मदिराको खाली बोत्तलबाट निर्दोष किसान पीडित हुनुपरेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ