arrow

सबै पालिकामा कभर्ड हलको स्विच अन गरेर शिलान्यास नगर्न प्रचण्डलाई माधव नेपालको सुझाव 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
madhav-kumar-nepal-parliament-2080.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्ययन बिनाको हावादारी योजना नल्याउन आग्रह गरेका छन् । 

सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नामका लागि गरिने व्यक्तिवादी सोचबाट गरिएको योजनाले विकास गर्न नसकेको देशभरका ५७३ वटै पालिकामा कभर्ड हलको स्वीच अन गरेर शिलान्यास गर्न गल्ती नगर्न आग्रह गरे । 

‘६७४१ वडामा खेल मैदानको र ६५३ वटा पालिकामा कभर्ड हलको स्विच अन गरेर शिलान्यास गर्ने गल्ती नगर्न आग्रह गर्छु,’ उनले भने, ‘नामका लागि गरिने काम, व्यक्तिवादी सोचले बिग्रिएको हो । यसले राम्रो गर्दैन ।’ 

नेपालले कुन प्रधानमन्त्रीले के कस्तो काम गरे संसदमा छलफल गर्न चुनौती दिएका छन् । उनले कुन प्रधानमन्त्रीले आफ्नो कार्यकालमा के–कस्तो काम गरे भन्ने विषयमा संसदमा छलफल गर्न चुनौती दिएका हुन् । यसमा आफू सहमत रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ