arrow

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीमाथि अनुसन्धान गर्न सुवालको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
prem-suwal-bhaktapur-1-nemakipa-mp-2079-2022.jpg

काठमाडौं । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई जना पूर्वप्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । 

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले पूर्वमन्त्री नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएकाले दुईजना पूर्वप्रधानमन्त्रीमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् । 

पूर्वमन्त्री बालकृष्ण खाँड र टोपबहादुर रायमाझी पक्राउ परेपछि दुई पूर्व प्रधानमन्त्रीलाई पनि बोलाएर अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् ।

उनका भनाइको आशय शेरबहादुर देउवा र केपी शर्मा ओलीमाथि पनि अनुसधान गर्नुपर्ने देखिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ