arrow

रहेनन् सफा हिमाल अभियानका सरदार शेर्पा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
safa-hinal-abhiyan.jpg
तस्बिर – सफा हिमाल अभियान ।

काठमाडौं । सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको निधन भएको छ । सफा हिमाल अभियान– २०२३ का सरदारसमेत रहेका शेर्पाको सोमबार निधन भएको हो । 

उनी विगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भूमिकामा थिए । ओखलढुंगा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प–२ मा क्याम्प म्यानेजरको भूमिकामा रहँर्दा अचेत हुन पुगेका थिए । 

सफाइ अभियानमा प्रयोग गरिएका सामानहरु फिर्ता गर्ने तयारी गर्दै गर्दा अचेत अवस्थामा पुगेका शेर्पाको सोमबार निधन हुन पुगेको नेपाली सेनाले जनाएको छ ।

उनको पार्थिव शरीरलाई सोमबारै नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको छ ।

उनीसहित निधन भएका थप दुई शेर्पाको पार्थिव शरिर पनि परिवारजनलाई बुझाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ