arrow

राष्ट्रिय एकता अभियानका नेता मनिष पुर्वेमाथि सांघातिक आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
manish-purbe-.jpg

काठमाडौं । राष्ट्रिय एकता अभियानका नेता मनिष पुर्वेमाथि अज्ञात समूहले आक्रमण गरेको छ। बर्दिवासबाट जनकपुर जाँदै गरेका पुर्वेलाई आइतबार राति करिब ८ बजे गुडिरहेको सार्वजनिक गाडीमा चार जनाको अज्ञात समूहले विषालु ग्याँस सुँघाएर बेहोश बनाइ नियन्त्रणमा लिएको थियो। 

उनलाई निर्मम कुटपिट गरी मरणासन्न अबस्थामा नजिकैको खोलामा फ्याँकिएको पाइएको छ। होशमा आउँदा आफू खोला किनारमा भएको पुर्वेले बताएका छन् । 

उनलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। पुर्वेको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ।

अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले सोमबार विज्ञप्ति जारी गर्दै हिन्दू समाजको सेवामा आफूलाई समर्पित गरेका व्यक्तिमाथिको आक्रमण निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् । उनले स्तब्ध पार्ने यस घटनाको गहिरो र निष्पक्ष छानबिन गर्न सुरक्षा निकायसँग माग गरेका छन् ।

‘यस जघन्य कार्यमा संलग्न अपराधीहरुलाई छिट्टै पहिचान गरी पक्राउ गरी कानूनी दायरामा ल्याउन जरुरी छ । हामी कुनै पनि प्रभाव वा पूर्वाग्रहरहित निष्पक्ष छानबिनको माग गर्दछौँ’ अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘हामी स्थानीय समुदाय, कानून ब्यवसायी र आम नागरिकहरूलाई सहयोग गर्न र अनुसन्धानमा मद्दत गर्न सक्ने कुनै पनि जानकारी भए उपलब्ध गराएर सहयोग गर्न पनि अपील गर्दछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ