arrow

सीकेले बोलाए केन्द्रीय समिति बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
ck-raut-2079-12-06.jpg

काठमाडौं ।  डा सीके राउतले जनमत पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् ।  पार्टीले सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । 

यही शुक्रबार बैठक बोलाइएको  सो पार्टीकी सचिव अनिता साहले जानकारी दिइन्। पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने उनले बताइन् । 

जनमत पार्टीले केन्द्रीय सरकारबाट आफ्ना तर्फका मन्त्री केही समय पहिले फिर्ता बोलाइसकेको भए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ