arrow

मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्छ- सीके राउत [भिडियो]

संसद्मा ह्विप लगाउने व्यवस्था पनि हुनु हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
ck-raut-02-31.jpg

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मुलुकका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताएका छन् । विद्यमान राजनीतिक अस्थिरतालाई चिर्नका लागि पनि सङ्घमा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री र प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित हुने शासन व्यवस्था हुनुपर्ने अडानमा आफ्नो पार्टी रहेको बताएका हुन् । 

अध्यक्ष राउतले मुलुकमा प्रधानमन्त्री कतिखेर नरहने हो भन्ने खालको राजनीतिक अस्थिरता भएकाले पनि ती समस्यालाई समाधान गर्नका लागि शासकीय स्वरूपमा परिवर्तन गरेर अघि बढ्न उपयुक्त हुने धारणा राखे । उनले संसद्लाई दलतन्त्र लागू गर्ने थलोको रूपमा विकास गर्न नहुने बताए ।

अध्यक्ष राउतले भने, ‘हामी कहाँ संघीय लोकतान्त्रिक गणतन्त्र भयो । यो धेरै ठुलो उपलब्धि हो । धेरै सकारात्मक परिवर्तन हो । यो व्यवस्था ल्याउन भूमिका खेलेकोमा पुराना पार्टीहरूलाई हामी धन्यवाद पनि दिन्छौँ । तर देशले अहिले के भोगी राखेको छ भने एउटा अस्थिरताको सिलसिला सुरु भयो । म पटक पटक भन्ने गर्छु–प्रधानमन्त्री बिहान उठेर म प्रधानमन्त्री हो कि होइन भनेर सोच्नुपर्ने हुन्छ । त्यतिधेरे अस्थिरताको वातावरण छ । र प्रदेश सरकारहरू पनि हरेक हप्ता नै ढल्ने हो कि भन्ने यहाँ देखिन्छ । यस्तो खालको अस्थिरताको वातावरण यहाँ छ । त्यसकारण निकास दिनका लागि हामी प्रत्यक्ष निर्वाचित कार्यकारी सङ्घ र प्रदेशमा जानुपर्छ भन्ने पक्षमा हामी छौं । संसद्मा ह्विप लगाउने व्यवस्था पनि हुनु हुँदैन, दलतन्त्र लाग्ने व्यवस्था हुनुहुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ