arrow

चीनमा बौद्ध विद्वानलाई विशेष उपाधि, प्रधानमन्त्रीको बधाई

पार्टीको सुधारमा लेखा परीक्षणको अद्वितीय भूमिका : महासचिव सी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
bodhidharma-buddhist-monk-India.jpg

चीन।  ६२ जना तिब्बती बौद्धधर्मालम्बीहरूले मङ्गलबार बेइजिङस्थित चीनको उच्चस्तरीय तिब्बती बौद्ध धर्म कलेजमा तिब्बती बौद्ध धर्मको प्रतिष्ठित शैक्षिक उपाधि "थो राम पा" प्राप्त गरेका छन्।  ती विद्वानहरू तिब्बती बौद्ध धर्मका विभिन्न सम्प्रदायहरूमा आबद्ध न् । ती सम्प्रदायमा  गेलुग, निंग्मा र शाक्य प्रमुख छन् । तीन वर्षको अध्ययन- अनुसन्धान पश्चात विद्यावारिधि उपाधि प्रदान गरिएको हो ।  हालसम्म जम्मा ३ सय ३५ भिक्षुहरूले "थो रामप" उपाधि प्राप्त गरेका छन्।

यता चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले पार्टीको सुधारमा लेखापरीक्षणको अद्वितीय भूमिका रहेको बताएका छन् । पार्टीको आन्तरिक मूल्याङ्कन र पारदर्शितामा जोड दिँदै उनले नयाँ युगमा लेखापरीक्षण कार्यको विकास गर्न उच्च गुणस्तरका क्रियाकलाप प्रवद्र्धनका लागि प्रयास गर्न आह्वान गरेका छन् । 

चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिअन्तर्गतको केन्द्रीय लेखापरीक्षण आयोगको पहिलो बैठकको अध्यक्षता गर्दै मङ्गलबार उक्त टिप्पणी गरेका हुन् । 

साथै  चिनियाँ प्रधानमन्त्री ली छ्याङले मङ्गलबार चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश पठाएका छन् ।

दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न यो मञ्च महत्त्वपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री लीले चीनले रुसलगायत अन्य देशहरूसँग पारस्परिक रूपमा लाभदायक सहयोगलाई सुदृढ गर्न, खुला विश्व अर्थतन्त्रको निर्माण गर्न, उच्च गुणस्तरको बेल्ट एण्ड रोडको प्रवद्र्धन गर्न इच्छुक रहेको बताएका छन् ।

चीन रुससँग आर्थिक र व्यापारिक गतिविधि आदानप्रदान र विस्तार गर्न एवं परिमाण र गुणस्तर दुवैमा सहयोग प्रवद्र्धन गर्न इच्छुक रहेको लीले उल्लेख गरेका छन् । यो मञ्चले दुई देशका व्यापारिक वर्गलाई आफ्ना गतिविधि आदानप्रदान र सहयोगलाई सुदृढ गर्न राम्रो मञ्च प्रदान गरेको छ, उनले भने । 

दुई देशका उद्यमीहरूले आफ्ना आवश्यकताअनुसार सहयोगको सम्भावनाको उपयोग गर्नेछन् र दुई देशबीचको व्यावहारिक सहयोगमा नयाँ सामग्री थप्दै जीवन्तता थप्नेछन्, सन्देशमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ