arrow

भारत भ्रमणका लागि प्रचण्डको तयारी तीव्र, एजेण्डा बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
prachanda-pm-speech-2080.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मूलक भारत जाने अन्तिम तयारी छन् । पहिलोपल्ट प्रधानमन्त्री हुँदा चीनबाट विदेश भ्रमण थालेका प्रचण्डले काममा असहज महसुस गरेपछि यस पटक भारतबाट भ्रमणका शुरु गर्न लागेका हुन् ।

नेपालका प्राय: प्रधानमन्त्रीहरू भारतबाट आफ्नो पहिलो भ्रमण गर्ने गरेका छन् । सोही क्रमलाई प्रधानमन्त्री प्रचण्डले निरन्तरता दिन चाहेका छन् । 

 प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी तीव्र बनाएको छ । मन्त्रालयले भारतसँग हुने वार्ताका लागि दुई पक्षीय एजेण्डाको तयारी गरिरहेको छ ।

प्रचण्डलाई चीनबाट भ्रमणको निम्तो आए पनि गएनन् । प्रचण्डलाई बोआओ फोरममा सहभागी हुन चिनियाँ राजदूत छन् सोङले निम्तो दिएका थिए । 

प्रधानमन्त्रीले चीनमा भएको बोआओ फोरममा नजाने निर्णय नेपालले नगरेको खुलाएका छन् । उनले चीनमा भएको बोआओ फोरममा चिनियाँ राजदूतले नै देशको अप्ठ्यारो परिस्थितिलाई देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले धन्यवाद दिएको बताए। 

उनले कुनै एक देशको पहिलो भ्रमण गर्नुपर्ने बाध्यता नरहेको बताएका छन् । उनले भनेका छन्,' प्रधानमन्त्रीले पहिला कताको भ्रमण गर्ने भन्ने कुरा त्यस्तो केही बाध्यता छैन । समय, परिस्थिति अनुसार गरिने कुरा हो । त्यसको सबैभन्दा ठूलो प्रमाण म आफैँ हो । म पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण उत्तरबाट गरेको थिएँ । तर हाम्रो भूगोल, हाम्रो अर्थतन्त्र, हाम्रो खुला सीमाना, हाम्रा सबै खालका जनसम्बन्धका दृष्टिले भारतको महत्त्व र विशिष्टता थाहा छ।' 

उनले समय, परिस्थिति अनुसार छिमेकी देशहरूको भ्रमण गर्ने पनि बताए । प्रधानमन्त्री दाहालले भूगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धका दृष्टिले भारतको महत्त्व र विशिष्टता बढी रहेको बताए ।

भारत भ्रमणमा संसद्मा उठेका विषयलाई सम्बोधन हुने गरि सामूहिक रूपमा सहमति गरेर प्रधानमन्त्रीले एजेण्‍ड लिएर जाँदा राम्रो हुने विश्लेषकहरू बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ