- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सोबिता गौतमले विद्युतीय सवारीको कर घटाउन माग गरेकी छिन् ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सके सरकारले विद्युतीय सवारीको कर घटाओस् नसके अहिलेको करमा नबढाओस् भनेकी हुन् ।
उनले वातावरण प्रदूषण नियन्त्रणका लागि पेट्रोलियम पदार्थबाट चल्ने साधनलाई विद्युतीय सवारीले विस्थापन गर्नु अनिवार्य भएको भन्दै उनले विद्युतीय सवारीको कर बढाउने चलखेल रोक्न माग गरेकी हुन् ।