arrow

यस्तै नीति तथा कार्यक्रम आउने हो भने अर्को वर्षदेखि भाग नलिउँ –गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
gagan-thapa-parliament-2080-02-10.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले यस्तै लामो नीति तथा कार्यक्रम आउने हो भने अर्को वर्षदेखि यसमा भाग नलिन आग्रह गरेका छन् । 

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा भाग लिँदै थापाले यसमा सरकारको प्रचारप्रसारजस्तो भएको भन्दै बेलायती कार्यक्रमको अभ्यास गर्नुपर्नेमा जोड दिए । 

उनले बेलायतमा मात्र १० मिनेटमा नीति तथा कार्यक्रम सकिने भन्दै २०४८ सालसम्म तत्कालीन राजा वीरेन्द्रले पनि १० मिनेटमै सकेको जनाए । 

उनले नीति तथा कार्यक्रम पाँच मिनेटको मात्रै ल्याउन आग्रह गरेका छन् । त्यसपछि त्यसविषयमा बैशाख र जेठमा घनिभूत छलफल गरेर बजेट ल्याउन आग्रह गरेका छन् ।

उनले सीमित समयमा के गर्ने भन्ने बारेमा प्रधानमन्त्री गम्भीर हुनुपर्नेमा जोड दिए । उनले उदाहरण दिँदै सामुदायिक विद्यालयको अवस्था नाजुक भएको भन्दै प्रधानमन्त्रीले अब के गर्ने भन्नेबारेमा थाहा पाउनु पर्ने बताएका छन् । प्रधानमन्त्री (क्याप्टेन) ले थाहा पायो भने सम्बन्धित मन्त्रीलाई जानकारी गराउने र त्यसपछि प्रक्रिया अगाडि बढ्ने बताए । 

तर नयाँ सरकार आउँदा भाषणमा प्रधानमन्त्रीलाई थाहा भएजस्तो लाग्ने र प्रधानमन्त्रीले क्षेत्रगत मन्त्रीलाई जानकारी दिएपछि त्यही कुरा पत्रपत्रिकामा आएपछि संसदमा तिनै कुराहरुलाई आफूहरुले प्राथमिकता दिनु दुःखद भएकोसमेत उनले बताए ।

नीति तथा कार्यक्रममा छलफल गर्दा यसकै आधारमा बजेट बन्छ भन्ने मानसिकता आफूहरुले राख्नु पनि गलत भएको भन्दै सांसद थापाले बजेट त तयार भइसकेको जनाउँदै आखिर यो छलफल के का लागि त ? भनी प्रश्न गरे । 

उनले यो अहिलेको सरकारको मात्र समस्या नभइ पहिलेदेखिकै भएको जनाउँदै यस्तो प्रक्रियालाई बदल्नु पर्नेमा जोड दिएका हुन् । 

उनले थप्ने नीति र परिमार्जन गर्ने नीति यो नीति तथा कार्यक्रममा समेटिनु पर्नेमा जोड दिए । 

यसैबीच सांसद थापाले नक्कली भुटानी शरणार्थीबारे गम्भीर हुनुपर्ने भन्दै बताए, ‘भुटानी शरणार्थी प्रकरण यसरी आएको छ कि यसलाई राम्रोसँग टुंग्यायो भने सरकारको पनि प्रशंसा हुन्छ । यसमा सरकारको परीक्षा छ । अनुसन्धान कसरी भइरहेको छ नागरिकले हेरेको छ ’

उनले जसलाई छोएको छ, जसको नाम आएको छ सबैलाई छानबिन होस् भनेका छन् । उनले सरकारको कामपछि न्यायालयको अग्नि परीक्षा शुरु हुने बताए । 

सांसद थापाले ‘दूधको दूध पानीको पानी हुनुपर्छ । सरकारको तर्फबाट फेयर भएको छ भने वाहीवाही हुन्छ । नत्र विकल्प खोजिन्छ’ भन्दै चेतावनीसमेत दिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ