arrow

उपत्यकामा बिहीबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौं । सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकाका तीन जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ, ‘विसं२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित् सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ