arrow

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १२ शुक्रबार
khukuri1.jpg

सङ्खुवासभा ।  सङ्खुवासभाको खाँदबारी नगरपालिका-१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका-१ घर भई खाँदबारी-१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका-१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन् । उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन् । गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । 

युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । गदाल बिहीबारमात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ । गए राति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ । बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको कारण भने खुल्न नसकेको डिएसपी गोदारले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ