arrow

चीनले बनायो विमान

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
china-plane.JPG

चीन ।  चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । सोह्र वर्षको कठोर परिश्रमको मधुर परिणाम प्राप्त भएको छ- जेटलाइनर विमानको सफल निर्माण र त्यसको व्यावसायिक सञ्चालन । 

चीनको घरेलु उत्पादन ठूलो यात्रुवाहक विमान सी ९१९ ले आज साङ्घाईबाट बेइजिङसम्मको पहिलो व्यावसायिक उडान सफलतापूर्वक पूरा गरी नागरिक उड्डयन बजारमा आधिकारिक रूपमा प्रवेश गरेको छ ।

चाइना इस्टर्न एयरलाइन्सद्वारा सञ्चालित उक्त उडान एमयू ९१९१  बिहान १०:३२ मा साङ्घाइ होङकियाओ अन्तरराष्ट्रिय विमानस्थलबाट एक सय २८ यात्रु लिएर उडेको थियो । बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा दिउँसो १२:३१ बजे विमानलाई पानीको सलामीसहित स्वागत गरिएको थियो । 

सी ९१९ परियोजना  सन् २००७ मा सुरु भएको थियो । कमर्शियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना (सीओएमएसी) द्वारा विकसित पहिलो सी ९१९ विमान सन् २०१५ मा निर्माण पूरा गरी २०१७ मा पहिलो उडान गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ