arrow

बिन्दबासिनी कंसाकारले लिइन् सांसद पदको शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
rsp-bindabashini.jpg

काठमाडौँ। रास्वपाकी बिन्दबासिनी कंसाकारले प्रतिनिधिसभा  सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्। सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख देवराज घिमिरेसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन्। सभामुख घिमिरेले शपथ ग्रहणपछि उनलाई सङ्घीय संसद्को लोगो प्रदान गरेका थिए।

व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न आफूलाई दुई करोड रुपैयाँ चाहिएको भन्दै मागेको फोन संवादको अडियो सार्वजनिक भएपछि ढाकाकुमार श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यबाट हटाएर रास्वपाले कंसाकारलाई सांसद बनाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ