वास्तविक सुकुमबासीको वैकल्पिक व्यवस्था गरी काठमाडौंका नदी किनारका अनधिकृत बसोबास हटाइने
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
1.6k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । सरकारले स्थानीय सरकारसँगको समन्वयमा बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाउने भएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०–८१ बजेट सार्वजनिक गर्दै स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुमबासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाइने जानकारी गराए ।