arrow

संसदीय सुनुवाइ समिति

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडि बढाउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
sunuwai-samiti-2080.JPG

काठमाडौं ।  आज बसेको  संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडी बढाउन माग गरिएको छ ।  समितिको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा समितिमा पत्र समेत आएर बसेको उल्लेख गर्दै नियुक्ति प्रक्रिया अगाडी बढाउन आग्रह गरेका हुन् । उनले समितिले गर्ने कार्यसम्पादनहरू छिटोभन्दा छिटो गरी जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न समिति सदस्यहरूलाई आग्रह गरे ।

उनले भने, ‘ प्रधानन्यायाधीशको सवाल हामीसँग २७ गतेदेखि नै चिठी आएर रोकिएर बसेको छ । अरू पनि यस्ता कुराहरू छन् । त्यसैले यी कुराहरूलाई छिटोभन्दा छिटो सम्पादन गरेर त्यसमा गर्नुपर्ने काममा यसले जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न सकोस् । यहाँहरूको व्यवहारबाट, यहाँहरूको दृष्टिकोण, निर्णयहरूबाट धेरै कुराहरू सिकेर केही गर्न सकियोस् भन्ने मेरो चाहना छ ।’

त्यसै गरी, समिति बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुनै नियुक्तिमा संवैधानिक परिषद्ले समेत त्रुटि गर्न सक्ने भन्दै सो त्रुटिलाई संसदीय सुनुवाइ समितिले सच्याउनुपर्ने बताए । उनले नियुक्ति प्रक्रियामा भएका कमी, कमजोरीहरूमा समितिले आँखा चिम्लिनु नहुने बताए ।

बैठकले प्रधानन्यायाधीसमा सिफारिस भएका हरिकृष्ण कार्कीको सम्बन्धमा उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।  कार्कीको सम्बन्धमा १० दिनभित्र सार्वजनिक रुपमा उजुरी आव्हान गर्ने निर्णय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ