arrow

संसदीय सुनुवाइ समिति

प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध उजुरी आह्वान (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
sunuwai-samiti-2080.JPG

काठमाडौं ।  संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको छ । 

आज बसेको समितिको बैठकले कार्कीविरुद्ध १० दिनभित्र सार्वजनिक रूपमा उजुरी आव्हान गर्ने निर्णय गरेको हो ।

कार्की संवैधानिक परिषद्‌बाट गत वैशाख २५ गते सर्वोच्चका लागि प्रधानन्यायाधीशमा सिफारिस भएका थिए । 

बैकमा सभामुख देवराज घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा समितिमा पत्र समेत आएर बसेको उल्लेख गर्दै नियुक्ति प्रक्रिया अगाडी बढाउन आग्रह गरेका थिए ।

सरकारी सञ्चारमाध्यम मार्फत जानकारी दिइने छ । इमेल मार्फत उजुरी दिन सकिनेछ ।  कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । 

उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ भने नाम बिना आएका उजुरीलाई भने प्राथमिकता नदिनेबारे समितिमा छलफल भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ