arrow

मलेसियालाई सात विकेटले हराउँदै नेपाल फर्कियो खेलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
nepal-women-cricket-2023.jpeg

काठमाडौं । मलेसियासँगको टी–२० क्रिकेट शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । 

सोमबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । तर मंगलबार संयम भएर खेलेको नेपालले मलेसियाले दिएको ९८ रनको लक्ष्य १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो  । 

यूकेएम क्रिकेट ओभलमा भएको खेलमा नेपालको लागि कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्का प्रहारसहित अविजित २९ रन बनाइन् । 
मलेसियाका लागि एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १–१ विकेट लिइन् । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो । 

कप्तान रुविनाले २ तथा  कविता कुँवर र इन्दू बर्माले एक–एक विकेट लिइन् । 

यो जितसँगै नेपालले पाँच खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । सोमभन्दा अगाडि भएको टी–२० मा नेपालले मलेसियालाई हराउँदै आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ