arrow

संघीय बजेटमा नवलपुर : कुन स्थानीय तहलाई कति ?

logo
सन्जय भट्टराई
प्रकाशित २०८० जेठ १७ बुधबार
nawalpur-1 (1).jpg

कावासोती । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरे । अर्थमन्त्रीले सार्वजनिक गरेको बजेट अनुसार अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब ८ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ । जुन ७ वटा प्रदेश र ७ सय ५३ वटा स्थानीय तहमा जाने छ । स्थानीय तहलाई २ खर्ब ९५ अर्ब २ करोड, २ लाख र प्रदेशलाई १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख हस्तान्तरण हुनेछ ।

यसै बीच सोमबार प्रस्तुत बजेटमा नवलपुरमा कुल बजेटको ३ अरब ४३ करोड ७७ लाख वित्तीय हस्तान्तरण हुने भएको हो । जिल्लाका आठ वटा स्थानीय तह मध्ये ४ वटा गाउँपालिकालाई समानीकरण अनुदान ३७ करोड ५८  लाख, सशर्त अनुदान ९० करोड ९० लाख,  विशेष अनुदान ३  करोड ६० लाख गरी र समपूरक १ करोड ९० लाख गरी १ अर्ब ३३ करोड ९८ लाख हस्तान्तरण भएको हो ।

त्यसै गरि ४ वटा नगरपालिकालाई समानीकरण अनुदान ६० करोड ९३  लाख, सशर्त अनुदान १ अर्ब ४० करोड १३ लाख,  विशेष अनुदान ६  करोड १३ लाख गरी र समपूरक २ करोड ६० लाख गरी २ अर्ब ९ करोड ७९ लाख हस्तान्तरण भएको हो ।
संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण अन्तर्गत नगरपालिका तर्फ चालु खर्चमा १ अर्ब ९४ करोड ५७ लाख र पुँजीगत खर्च १५ करोड २२ लाख र गाउँपालिका तर्फ १ अर्ब २४ करोड १८ लाख चालु र ९ करोड ८० लाख पुँजीगत खर्चको बजेट रहेको छ ।

यसै बीच जिल्लामा सबै भन्दा धेरै बजेट कावासोती नगरपालिकाले पाउने देखिएको छ ।  

अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत कावासोती नगरपालिकाले समानिकरण अनुदानमा १६ करोड ६५ लाख, सशर्त अनुदानमा ३८ करोड ३९ लाख, विशेष अनुदानमा २ करोड ५० लाख, समपूरक अनुदानमा ५० लाख गरेर कुल ५८ करोड ४ लाख बजेट पाउने भएको छ ।

त्यसै गरि गैँडाकोट नगरपालिकाले समानिकरण अनुदानमा १६ करोड ७ लाख, सशर्त अनुदानमा ३४ करोड ३० लाख, विशेष अनुदानमा ९३ लाख, समपूरक अनुदानमा ५० लाख गरि कुल ५१ करोड ८० लाख, देवचुली नगरपालिकाले समानिकरण अनुदानमा १३ करोड ३२ लाख, सशर्त अनुदानमा ३२ करोड ६१ लाख, विशेष अनुदानमा ७० लाख र समपूरक अनुदानमा ८० लाख गरि कुल ४७ करोड ४३ लाख, मध्यविन्दु नगरपालिकाले समानिकरण अनुदानमा १४ करोड ८९ लाख, सशर्त अनुदानमा ३४ करोड ८३ लाख, विशेष अनुदानमा २ करोड र समपूरक अनुदानमा ८० लाख गरि कुल ५२ करोड ५२ लाख बजेट प्राप्त गर्ने भएका छन् ।

त्यसै गरि गाउँपालिका तर्फ बौदीकाली गाउँपालिकाले  समानिकरण अनुदानमा ७ करोड ८६ लाख, सशर्त अनुदानमा १८ करोड ४४ लाख, समपूरक अनुदानमा ५० लाख गरि २६ करोड ८० लाख, बुलिङटार गाउँपालिकाले समानिकरण अनुदानमा ८ करोड ३७ लाख, सशर्त अनुदानमा २३ करोड ११ लाख, विशेष अनुदानमा १ करोड गरि कुल ३२ करोड ४८ लाख, विनयी त्रिवेणी गाउँपालिकाले समानिकरण अनुदानमा ११ करोड ५९ लाख, सशर्त अनुदानमा २८ करोड ७४ लाख, विशेष अनुदानमा ८० लाख र समपूरक अनुदानमा ८० लाख गरि ४१ करोड ९३ लाख तथा हुप्सेकोट गाउँपालिकाले समानिकरण अनुदानमा ९ करोड ७६ लाख,, सशर्त अनुदानमा २० करोड ६१ लाख, विशेष अनुदानमा १ करोड ८० लाख र समपूरक अनुदानमा ६० लाख गरि कुल ३२ करोड ७७ लाख बजेट पाउने छन् ।


आगामी आ.व वर्षको बजेटमा ३ अरब ४३ करोड ७७ लाख बजेट आउने देखिए पनि ७ प्रतिशत अर्थात् २५ करोड २ लाख  मात्रै बजेट स्थानीय तहले विकास निर्माणको क्षेत्रमा खर्च गर्न पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ