arrow

दुई देशबीच थप पेट्रोलियम पाइपलाइन विस्तार हुन्छ : उद्योगमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
ramesh-rijal-.jpg

काठमाडौं ।   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रेमश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा विनिन्न सहमति र सम्झौता हुने बताएका छन् । प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा सहभागी रहने मन्त्री रिजालले भ्रमणका क्रममा पारवहन सन्धि नवीकरण हुने, दुई देशबीच थप पेट्रोलियम पाइपलाइन विस्तारका विषयमा पनि सहमति हुने जानकारी दिए । 

उनले भने, “सिलिगुडी चारआली पाइपलाइन र टर्मिनल ट्याङ्क बनाउने कार्यक्रम छ । यसैगरी अमलेखगञ्ज लोथर सम्मको पाइपलाइन र स्टोरेज टर्मिनल ट्याङ्क पनि बनाउने विषयमा सहमति हुने कार्यक्रम छ । यो आधा आधा प्रतिशतमा काम गर्ने मोडेलमा छ ।” सुगौली र चारआली क्षेत्रको पेट्रोलियम पाइपलाइनमा भारतले सम्पूर्ण खर्च लगाउने र अमलेखगञ्जदेखि लोथरसम्मको काममा भारतले पाइपलाइन ओछ्याइने दिने तथा टर्मिनल ट्यङ्क नेपालले बनाउने योजना रहेको मन्त्री रिजालले बताए ।

यसैगरी भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने र नेपालगञ्जमा एकीकृत भन्सार चौकीको दुवै देशका प्रधनमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए। दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाहलाई अघि बढाउने सन्दर्भमा पनि कुराकानी हुने मन्त्री रिजालको भनाइ थियो । जुट निर्यातमा लगाईएको एन्टिडम्पिङलगायतको विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रसायनिक मल कारखाना राख्ने विषयमा पनि कुरा हुने उनले बताए ।  

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल आज दिउँसो भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमण दलमा मन्त्री, नेपाल सरकारका उच्च सरकारी अधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ