arrow

खड्का कार्यबाहक प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १७ बुधबार
purna-bahadur-khadka1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्काले सम्हाल्ने गरी कार्यबाहक तोकिएको हो । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यबाहक प्रधानमन्त्री तोकेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ