arrow

दिल्लीका सडकमा प्रचण्डको तस्बिर

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
prachanda-hoding.JPG

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वागतमा नयाँ दिल्लीका सडकमा तस्बिरहरू राखिएका छन् ।  दिल्लीका सडकसहित प्रमुख स्थलमा उनको तस्बिर अङ्कित स्वागत द्वार, ब्यानर र होर्डिङ बोर्ड राखिएका छन् । 
 
भारतको चार दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल होटल मौर्यमा बसेको छ ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत भ्रमणमा आएका प्रचण्डलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् । 

सो क्रममा प्रधानमन्त्री दाहाललाई विभिन्न झाँकी र सांस्कृतिक प्रदर्शनीसहित विमानस्थलमा भव्य स्वागत गरिएको थियो । 

प्रधानमन्त्री दाहाल  उनी बसेको होटलमा पुगी बुधबार नै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका छन् । सो अवसरमा भारतीय विदेशसचिव विनयमोहन क्वात्रासमेत सहभागी थिए ।

भेटघाट लगत्तै प्रधानमन्त्री दाहाल नेपाली राजदूतावासले आयोजना गरेको रात्रि भोजमा सरिक भए । 

सो अवसरमा उनले आफूले आजदेखि सुरु गरेको भारत भ्रमण दुई देशबीच सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताएका थिए । प्रधानमन्त्री दाहालले आपसी विश्वास तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा आफ्नो भ्रमण केन्द्रित रहने बताए ।

प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच सदिऔँ पुरानो र जनस्तरको सम्बन्ध रहेको दोहोर्‍याउँदै यस भ्रमणपछि दुई देशबीचको मैत्री सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ