arrow

विश्वको सबैभन्दा पुरानो हड्डी १० करोड ७० लाख वर्ष पुरानो भएको पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
terosore-bone-bone-oldest.jpg

सिड्नी । अष्ट्रेलियामा फेला परेको टेरोसरको हड्डी विश्वको सबैभन्दा पुरानो उड्ने सरीसृपको भएको खुलासा भएको छ । बुधवार प्रकाशित एक अध्ययन अनुसार सो हड्डी सबैभन्दा पुरानो उड्ने सरीसृप टेरोसरको भएको खुलेको हो । 

जुन सरिसृप अस्ट्रेलियाको आकाशमा १ सय ७० मिलियन वर्ष पहिले उड्ने गरेको थियो । अष्ट्रेलियाको भिक्टोरिया राज्यबाट डायनासोर कोभबाट निकालिएका प्राग ऐतिहासिक हड्डीका दुई टुक्राहरूको परीक्षण गरेपछि पेलेओन्टोलोजिस्टहरूले यस्तो निष्कर्षमा पुगेका हुन् ।

बुधबार हिस्ट्री बायोलोजी नामक विज्ञान जर्नलमा प्रकाशित अध्ययन अनुसार उक्त नमूनाहरू देशबाट बरामद गरिएको टेरोसरको सबैभन्दा पुरानो अवशेष भएको देखियो । 

यो विशाल प्राणी उडानको क्षमता विकसित गर्ने पहिलो कशेरुका जाति थियो र १७० मिलियन वर्ष पहिला शुरु भएको मेसोजोइक युगमा डायनासोरसँगै बस्ने गरेको थियो । 

मेलबर्नको पर्थस्थित कर्टिन विश्वविद्यालय र म्युजियम भिक्टोरियाका विज्ञहरूले अष्ट्रेलियामा फेला परेको किशोर टेरोसरको पखेटाका दुई हड्डीको जाँच गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ