arrow

वीपीका पूर्व उपकुलपतिसहित तीन जना भ्रष्टाचारी ठहर

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
special-court.jpg

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा बलभद्रप्रसाद दाससहित तीन जना दोषी ठहर भएका छन् ।

​भ्रष्टाचार मुद्दा लागेका पूर्व उपकुलपति दाससहित ३ जनालाई विशेष अदालत काठमाडौंले दोषी ठहर गर्दै कैद र जरिबानाको सजाय सुनाएको हो ।

न्यायाधीशद्वय बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले ३ जनालाई जनही १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिबाना तोकेको छ। दाससहित अरविन्दकुमार सिन्हा र नन्दकुमार थापालाई इजलासले दोषी ठहर गरेको हो ।

अन्य ५ जना प्रतिवादीले भने सफाइ पाएका छन् । प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी मेनेजर अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकहरू चेतन अग्रवाल र उमेश अग्रवालले सफाइ पाएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकरण (वस्तु) तथा सेवा खरिदमा भ्रष्टाचार गरेको दाबीसहित ८ जनाविरुद्ध २०७६ असार ३० गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ