arrow

प्रचण्ड र जगदीपबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
india-uaprastrapai-meet.JPG

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उपराष्ट्रपति कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको थियो । 

भेटमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो । बिहीबारै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । त्यसलगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो । 

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गरेका थिए। प्रधानमन्त्री दाहालले बिहीबारै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ