- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको अगुवाइमा नागरिकता विधेयक प्रमाणीकरण र रेशमलाल चौधरीको रिहाइ भएको दाबी गरेका छन् ।
सप्तरी पुगेर उनले यस्तो दाबी गरेका हुन् । उनले जनताको हृदयको कुरा बुझेर राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेको बताए ।
अध्यक्ष यादवले रेशमलाल चौधरीको रिहाइलगायत काम समयमा सम्पन्न हुनु राम्रो पक्ष भएको बताए ।
सङ्घीयता, समावेशी प्रतिनिधित्व, नागरिकता विधेयक राष्ट्रपतिद्वारा स्वीकृत र रेशम चौधरीको रिहाइ जस्ता उपलब्धि जसपा नेपालको विशेष पहलकदमीबाट सम्भव भएको उनको जिकिर थियो ।