arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

पक्राउ परेकाको बयान सकिने क्रममा, खाँडसहित तीनको बयान

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
nakkali-bhutani-sharanarthi-16-aaropi.jpg
तस्बिर – फाइल ।

काठमडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदातल काठमाडौँमा शुरु भएको छ ।

बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान शुरु भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । 

उनका अनुसार उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको छ । 

आरोपीमध्ये बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेको सूचना अधिकारी दाहालले बताए । उनले भने, “सो प्रकरणमा मुछिएकाहरुको बयान यही जेठ १२ गतेदेखि शुरु गरिएकोमो आज तीन जनाको बयान भइरहेको हो ।” 

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ