arrow

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट, आइतबार पेसी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
supreme-court-long.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 

गत बुधबार अघिल्लो प्रतिनिधिसभाले पठाएको र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको उक्त विधेयकलाई गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । 

उक्त प्रमाणीकरणविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीसमेतले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि आइतबारलाई पेसी तोकिएको छ । 

यो विधेयक प्रमाणीकरण गरेपछि गत बुधबार नै नेपाल राजपत्रमा प्रकाशित गरी ऐनको रुपमा आइसकेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ