arrow

बढ्दो जातपात

नेपालमा बढ्यो जातजातिको संख्या, धर्म दश 

घट्यो हिन्दू र बौद्ध धर्मावलम्बीको संख्या, इस्लाम र क्रिस्चियन बढे

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २० शनिबार
nepal-map-limpiyadhura-lipu.gif

काठमाडौं । नेपालमा कूल जातजातिको सङ्ख्या १४२ पुगेको छ । साथै मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० कायम भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा र धर्मसँग सम्बन्धित उत्तरदाताका जवाफका आधारमा विज्ञसमूहको सिफारिसका आधारमा उक्त विवरण सार्वजनिक गरिएको हो । 

विसं २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा हाल १७ थप भएको हो । कार्यालयका अनुसार विसं २०६८ को जनगणना अनुसार १२३ वटा मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरुको सङ्ख्या न्यून भएइकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटासमेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको छ ।

घट्यो हिन्दूको संख्या 
नेपालमा हिन्दू धर्मावलम्बीको संख्या घटेको छ । केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना, २०७८ को विवरण अनुसार हिन्दूको संख्या ८१.१९ प्रतिशत रहेको छ । 

हिन्दू धर्मावलम्बीको संख्या दुई करोड ३६ लाख ७७ हजार ७४४ रहेको छ । विसं २०६८ को जनगणना अनुसार नेपालमा  हिन्दू धर्मावलम्बीको संख्या ८१.३ प्रतिशत थियो । 

दोस्रो स्थानमा रहेको बौद्ध धर्मावलम्बीको संख्या ८.२ प्रतिशत छ । अर्थात् २३ लाख ९३ हजार ५४९ रहेको छ । २०६८ मा बौद्ध धर्मावलम्बीको संख्या ९ प्रतिशत थियो ।

तेस्रो स्थानमा रहेको इस्लाम धर्मावलम्बीको संख्या ५.०८ प्रतिशत रहेको छ । अर्थात् कूल जनसंख्याको १४ लाख ८३ हजार ६६ रहेको छ । इस्लाम धर्मावलम्बीको संख्यामा भने वृद्धि भएको छ । २०६८ मा इस्लाम धर्मावलम्बीको संख्या ४.४ प्रतिशत थियो ।

यसैगरी किरात धर्मावलम्बीको संख्या ३.१७ प्रतिशत रहेको छ । कूल जनसंख्याको ९ लाख २४ हजार २०४ रहेको हो । किरात धर्मावलम्बीको संख्यामा पनि वृद्धि देखिएको छ । २०६८ मा किरात धर्मावलम्बीको संख्या ३.१ प्रतिशत थियो ।

त्यसैगरी क्रिस्चियन धर्मावलम्बीको संख्या १.७५ प्रतिशत रहेको छ । कूल जनसंख्याको पाँच लाख १२ हजार ३१३ जना क्रिस्चियन रहेका छन् । क्रिस्चियन धर्मावलम्बीको संख्यामा पनि वृद्धि देखिएको छ । २०६८ मा क्रिस्चियन धर्मावलम्बीको संख्या १.४ प्रतिशत थियो ।

प्रकृति धर्म मान्नेको संख्या ०.३४ प्रतिशत रहेको छ । यसैगरी बोन धर्म मान्नेहरु ०.२३ प्रतिशत रहेका छन् । जैन धर्मावलम्बीको संख्या दुई हजार ३९८ रहेको छ । 

शिख धर्मावलम्बीको संख्या एक हजार ४९६ रहेको छ । साथै बहाई धर्म मान्नेहरु ५३७ जना छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ