- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारत भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले इन्डोर भ्रमणको क्रममा महाकालेश्वर मन्दिरमा प्रोटोकल नमिचियोस् भनेर गेरु वस्त्र धारण गर्नु परेको बताएका छन् ।प्रचण्डले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा अर्चना गरेका थिए ।
सो मन्दिरमा मुख्य अतिथिले गेरु वस्त्र धारण गर्नुपर्ने प्रोटोकल भएको र त्यसलाई पालना नगर्दा अर्बौ भारतीय मनमा चिसो पस्ने भएकाले सो वस्त्र धारण गरिएको प्रधानमन्त्री दाहालको स्पष्टीकरण दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘ म अहिले कम्युनिष्ट मात्रै होइन, प्रधानमन्त्री पनि हो नि । प्रधानमन्त्रीले त सबैलाई समेट्नु पर्छ । हुन त मसँग भएको सेक्युरिटीले यो गेरु वस्त्र नलगाउनु पाए हुन्थ्यो भनेर निकै कोसिस गरे । तर त्यहाँ महाकालेश्वरको के रहेछ भने मुख्य अतिथिले त्यो लगाउनै पर्ने प्रोटोकल रहेछ त्यो । त्यो प्रोटोकल मिचेर नलगाऊ भने भारतका करोडौँ जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालको प्रधानमन्त्रीप्रति । त्यो देशलाई फाइदा हुन्थ्यो त । म लगाउन्न भनेको भए के हुन्थ्यो । एक अरब मान्छेको मनमा चिसो पस्थ्यो । के हो यो नेपाल सरकार भन्थे ? सहज ढङ्गले गर्दा सबै खुसी भएँ । यसलाई सांस्कृतिक कूटनीतिको रूपमा लिनुपर्ने हो । नेपालको बृहत्तर हितमा गरिएको कदम हो भनेर बुझ्नु पर्दछ ।’
सो क्रममा उनले नेपालबाट लगेको १०८ केजी रुद्राक्ष र ५१ हजार रुपैयाँ दान गरे। भारतको १२ ज्योतिर्लिङ्ग मध्ये महाकालेश्वर पनि एक हो ।