arrow

ओलम्पिक दिवसमा साइकल र्‍याली

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
cycle-rally-olympic-day.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा शनिबार साइकल र्याली आयोजना गरिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधान, एनओसीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनको व्यवस्थापन तथा नेपाल साइक्लिङ संघको आयोजनामा र्याली आयोजना गरिएको हो ।

र्यालीमा १ सय २५ जना सहभागी थिए । र्याली बसन्तपुर डबलीबाट शुरु भइ सातदोबाटोस्थित एनओसीको मुख्यालयमा पुगेर टुंगिएको थियो । र्यालीलीको एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । 

सो अवसरमा अध्यक्ष श्रेष्ठले राष्ट्रिय झण्डा तथा एनओसीकी उपाध्यक्ष ज्योति राणाले ओलम्पिकको झण्डा झण्डोतोलन गरेका थिए । कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक दिवसका अवसरमा जुन २३ गतेसम्मको अवधिमा देशव्यापी रुपमा करिब ६ हजार कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी गराए ।

साइकल र्याली ओलम्पिकको पहिलो कार्यक्रम हो ।
 



नयाँ