arrow

नागरिकता विधेयक प्रमाणीकरणको विरुद्धमा परेको रिटको सुनुवाइ हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
supreme-court-long.jpg

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण भएको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । 

मन्त्रीपरिषद्को निर्णयबाट राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको विधेयकको प्रमाणीकरण भएकोमा वरिष्ठ अधिवक्ता द्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रवार सर्वोच्चमा रिट दर्ता गराएका थिए । 

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा दर्ता भएको रिटमा अघिल्लो सांसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य असंवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ