arrow

प्रतिनिधि सभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
parliament-2080-02-21z.jpg

काठमाडौं ।  सदनमा प्रतिपक्ष दलहरूले विरोध गरेपछि प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजेस बैठक बस्न लागेको हो । सङ्घीय संसद् प्रतिनिधिसभाले सूचना जारी गर्दै बैठक आजका लागि सरेको जानकारी गराएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संसदीय प्रक्रियाबाटै पारित गरिनुपर्ने एमाले, रास्वपा र राप्रपाको माग छ । 

आइतबारको बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्लेनले नागरिकता विधेयक संसद्मा प्रस्तुत गरेर प्रक्रियाबाटै जानुपर्ने धारणा राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ