arrow

प्यूठानमा कांग्रेसको क्षेत्रीय सम्मेलन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
congress-regional-meeting-2080-02-22.jpg

प्यूठान । नेपाली कांग्रेस प्यूठान क्षत्र नं १ प्रदेश ख को क्षेत्रीय सम्मेलन होटल आयुस्मा बिजुवारमा सम्पन्न भएको छ । 

क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि, पालिका समिति तथा विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि कार्यक्रममा सहभागी थिय ।

कार्यक्रममा बोल्दै क्षेत्रीय सभापति एवम् लुम्बिनी प्रदेश सभा सदस्य सरोज थापा रोज राणाले जिल्लाको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । 

थापाले आफू निर्वाचित भएको अवसरमा धन्यवाद कार्यक्रम बहानेमा आफूले बोलेको बाग्दुला बहाने स्याउलिवाङ बाग्लुङ सडकका लागि आफूलगायत नेताहरुले पहल गरेको र सो सडक निर्माणले त्यस क्षेत्रको विकासको द्वार खोल्ने बताएका छन् । 

अहिले प्रदेश सरकार बजेटको तयारीमा जुटेकाले परिणाममुखी बजेट योजनाका लागि आफू लागेको बताएका छन् । 

कार्यक्रममा  कांग्रेस प्यूठानका सचिव एनपी मगरले जनताबाट निर्बाचित जनप्रतिनिधिले जनताको भावना बुझेर अगाडि बढ्न सके जनताबाट सदा माया पाउन सक्ने बताएका थिए । 

कांग्रेस लुम्बिनी प्रदेश सदस्य सुवास केसीले पार्टीलाई एक ढिक्का बन्न कार्यक्रम फलदायी हुने बताए ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका कांग्रेस प्यूठानका सभापति विष्णुकुमार गिरीले नेपाली कांग्रेस पार्टीलाई एक ढिक्का बनाउने र जिल्लामा पहिलो पार्टी बनाइ अर्को चुनावमा एकलै लड्न सक्ने बनाउन पार्टीका सबै तह इमान्दारिताले लाग्न आग्रह गरेका छन् । 

पार्टीलाई गतिशील बनाउन जिल्लाले विभिन्न कार्यक्रम अगाडि बढाइएको बताएका छन् । गिरीले पार्टीलाई ब्यवस्थित रुपमा अगाडि बढाउन पार्टीको जिल्ला  कार्यालय बनाउने प्रकृया अगाडि बढाउने हुदा यो कार्यमा लाग्न सबैलाइ आग्रह गरेका छन् ।

सरोज थापाको अध्यक्षतामा भएको कार्यक्रममा पालिका सभापतिहरु, महाधिवेशन प्रतिनिधि, विभिन्न भ्रातृ तथा शुभेच्छुक सङ्गठनका प्रतिनिधिले आफ्ना धारणा राखेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ