- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तय भएको राष्ट्रिय सभाको बैठक सरेको छ ।
आज राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको थियो ।
बैठक भोलि बुधवारका लागि सरेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले बताए ।
बैठक भोलि ११ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।